Logo

Banner-news

अर्थतन्त्रमा कोरोनाको प्रभाव अध्ययन गर्दै कांग्रेस, महतसहित १४ नेता र विज्ञ सम्मिलित


GDP Nepal
   २४ बैशाख २०७७, बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड–१९)ले नेपाली अर्थतन्त्रमा पु¥याएको असरबारे अध्ययन गर्ने भएको छ ।

कांग्रेस केन्द्रिय समितिको वैशाख १७ को निर्णयअनुसार सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री तथा नेता डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा पूर्व अर्थमन्त्रीहरु महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्रीहरु डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय र पूर्व राज्यमन्त्री उदयशमशेर राणा रहेका छन् ।

यस्तै, समिति सदस्यहरुमा सांसद भरत शाह तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, डा. शंकर शर्मा, जगदीशचन्दै पोखरेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यकीय राहतबारे सुझाव दिनेछ भने अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालिन रुपमा कोरोनापछिको अर्थतन्त्रबारे दृष्टिकोण निर्माण गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह