काठमाडौं । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा.विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने बैंकले जनाएको छ ।










प्रतिक्रिया