काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २० अर्ब तान्न लागेको हो ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसरी संकलित निक्षेपको साँवा तथा ब्याज आगामी २५ पुषमा भुक्तानी गरिनेछ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि निरन्तर रूपमा निक्षेप संकलन गर्दै आएको छ।










प्रतिक्रिया