Logo

बैंक / बिमा /शेयर

सीआईबीमा ४९ लाख धरौटी बुझाएर १० दिनपछि छुटे दीपेन्द्र अग्रवाल


gdpnepal
   १४ पुस २०८२, सोमबार


काठमाडौं । सेयर बजारका विवादास्पद लगानीकर्ता प्रहरी हिरासतमुक्त भएका छन् । १० दिनअघि पक्राउ परेका अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ जमानत बुझाएर छुटेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पुस ४ गते पक्राउ गरेको थियो ।

अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो ।

अग्रवाल पक्षधरले भने नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आवाज दबाउन गरेको हर्कतमा अदालतले ब्रेक लगाइदिएको भन्दै टिप्पणी गरेको छ ।

यद्यपि, अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सिआइबीले नै जमानत लिएर छाडेको हो ।

 

प्रकाशित : १४ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह