Logo

बिजनेस होम

दरबारमार्गमा ड्रीम स्किन नेपालको नयाँ आउटलेट, फाइनजा एक्सेसरीज र द फ्रेग्रेन्स रुमको पनि सुरुवात


GDP नेपाल
   १६ पुस २०८२, बुधबार


काठमाडौं । कोरियन स्किन केयरको विश्वसनीय ब्रान्ड ड्रीम स्किन नेपालले काठमाडौँको दरबारमार्गमा आफ्नो नयाँ आउटलेटको भव्य उदघाटन गरेको छ । यसै अवसरमा फाइनजा एक्सेसरीज र द फ्रेग्रेन्स रुमको पनि औपचारिक रुपमा सुरुवात गरिएको छ ।

उद्घाटन समारोहमा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए योङले नेपालमा कोरियाली उत्पादनहरूको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गर्दै भविष्यमा नेपाल( कोरिया बीचको व्यापारिक सहकार्य अझ विस्तार हुने बताए ।  

त्यस्तै, ड्रीम स्किन नेपालका निर्देशक दिलीप कुमार यादवले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै ड्रीम स्किन नेपालले कोरियाली स्किन केयर, हेयर केयर तथा कस्मेटिक उत्पादनहरु आयात गरी नेपाली उपभोक्तामाझ पुयाउँदै आएको जानकारी दिए ।

उनले भने “आज ड्रीम स्किन नेपालको नयाँ आउटलेटसँगै हामीले फाइनजा एक्सेसरीज र द फ्रेग्रेन्स रुमको पनि उद्घाटन गरेका छौं, जहाँ ग्राहकहरुले आकर्षक ज्वेलरी तथा उच्च गुणस्तरका परफ्युमहरु पाउन सक्नुहुनेछ । भविष्यमा हामी हाम्रा ब्रान्ड र उत्पादनहरूको दायरा अझ फराकिलो बनाउँदै लैजाने योजनामा छौं ।”

छोटो समयमै ग्राहकहरुको विश्वास जित्न सफल ड्रीम स्किन नेपालकोले गुणस्तरीय कोरियाली उत्पादनमार्फत नेपाली उपभोक्ताको स्किन केयर अनुभवलाई नयाँ उचाइमा पुयाउँदै आएको छ । साथै, फाइनजा एक्सेसरीज र द फ्रेग्रेन्स रुमको सुरुवातसँगै कम्पनीले ज्वेलरी र परफ्युम क्षेत्रतर्फ पनि आफ्नो व्यापार विस्तार गर्दै गएको स्पष्ट संकेत देखिएको छ । 

उक्त कार्यक्रममा विभिन्न उद्योगका प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका सेलिब्रेटी, मिडिया प्रतिनिधि तथा ड्रीम स्किन नेपालका ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

प्रकाशित : १६ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह