काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १०.८७ अंकले बढेर दुई हजार ६३३.७६ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक २४, फाइनान्स १, होटल तथा पर्यटन ६३, हाइड्रोपावर ७, जीवन बीमा ६९, उत्पादन १३६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ४१, अन्य ८ र व्यापार उपसमूह १२ अंकले बढेको छ ।
आज एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३४२ कम्पनीको एक करोड १९ लाख कित्ता सेयर ५ अर्ब १३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया