काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ ।
एलपी ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको जनाइएको छ ।
“निगम सञ्चालक समितिको मिति २०८२/०९/१६ को निर्णयानुसार १ जनवरी, २०२६ (मिति २०८२/०९/१७)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा रु ४ ले, डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५.०० ले, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६.०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाईएको छ,” निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।










प्रतिक्रिया