Logo

मुख्य समाचार

१२.८३ अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट


GDP नेपाल
   १७ पुस २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.८३ अंकले घटेर दुई हजार ६२०.९२ विन्दुमा पुगेको छ ।


बैंकिङ ८, विकास बैंक २५, फाइनान्स १७, होटल तथा पर्यटन ३४, हाइड्रोपावर १०, जीवन बीमा १०१, उत्पादन ३५, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ११ र व्यापार उपसमूह ४१ अंकले घटेको छ ।
त्यस्तै, आज अन्य उपसमूह भने ०.२७ अंकले बढेको छ । 

आज ग्लोबल आइएमई सम्मुनत योजना २ को सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३३६ कम्पनीको एक करोड १ लाख कित्ता सेयर ४ अर्ब ७१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह