Logo

सेयर बजार

१०.२९ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार


GDP नेपाल
   २० पुस २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १०.२९ अंकले घटेर दुई हजार ६१०.६३ विन्दुमा पुगेको छ ।


बैंकिङ १, विकास बैंक ४४, फाइनान्स २, हाइड्रोपावर १६, जीवन बीमा ११३, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ९४ र अन्य उपसमूह ४० अंकले घटेको छ ।
त्यस्तै, आज होटल तथा पर्यटन ४४, उत्पादन ८९ र व्यापार उपसमूह ४१ अंकले बढेको छ । 

आज न्यादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ४.३२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३२३ कम्पनीको एक करोड २ लाख कित्ता सेयर ५ अर्बमा कारोबार भएको छ ।

प्रकाशित : २० पुस २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह