Logo

सेयर बजार

माघ ६ गतेदेखि आईपीओ‌ जारी गर्दै शिखर पावर डेभलपमेन्ट


GDP नेपाल
   २३ पुस २०८२, बुधबार


काठमाडौं । शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल कित्तामध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २, ३, ४ र ५ का बासिन्दाका लागि जारी गर्न लागेको छ।


यसैगरी सर्वसाधारणका लागि छुट्याइएको २२ लाख २० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिनेछ।


यो आईपीओमा दुवै समूहले १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकका शाखा नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार, प्रभु बैंकको शाखा ग्वालीचौर, गरिमा विकास बैंकको शाखा बुर्तिवाङ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा बुर्तिवाङबाट आवेदन दिन सक्नेछन्।


वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।


आयोजना प्रभावित स्थानीयका लागि यस आईपीओ निष्कासन बन्द छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रकाशित : २३ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह