Logo

Banner-news

नीति तथा कार्यक्रममा गगन थापाको व्यंग्यः अब ढुक्क भएँ, कोरोनाले केही गरेकै रहेनछ !


GDP Nepal
   २ जेष्ठ २०७७, शुक्रबार


काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसका युवा नेता गगन थापाले व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रम कोरोना भाइरसको संकटमा केन्द्रित हुन नसकेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा टिप्पणी भइरहँदा कांग्रेस नेता थापाले चोटिलो शैलीमा ट्वीटरमा यस्तो लेखेका छन्

नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधनस्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ । देश परदेशमा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह