केटिएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रूपैयाँको प्राथमिक सेयर (आइपिओ) ल्याउने भएको छ। आज बसेको कम्पनीको दोस्रो साधारण सभाले आइपिओ निष्कासनको प्रस्ताव स्वीकृत गरेको हो।
सभाले अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रूपैयाँ कायम गर्दै कुल चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि आइपिओमार्फत निष्कासन गर्ने निर्णय गरेको छ।
हाल कम्पनीले सौराहामा ६५ कोठा क्षमताको पाँचतारे लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ, जसले अन्तर्राष्ट्रिय ब्राण्ड ‘रोयल टुलिप’ मार्फत नेपाली पर्यटन बजारमा उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।










प्रतिक्रिया