Logo

Banner-news

नीति तथा कार्यक्रम: कोरोना नियन्त्रण र अर्थतन्त्र पुनरुत्थान कम प्राथमिकतामा


GDP Nepal
   २ जेष्ठ २०७७, शुक्रबार


काठमाडौं । सरकारले अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेश गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम तथा अर्थतन्त्रमा यसको प्रभाव न्यूनीकरण भने कम प्राथमिकतामा परेको छ ।

सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेको भनिए पनि यसका लागि ठोस कार्यक्रम भने छैनन् । यद्यपि, सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइएको छ ।

सम्बोधनमा कोभिड–१९ ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख छ ।

आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताइन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण वैदेशिक सहयोगमा कमी आउने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने बताइन् ।

कोभिड–१९ को महामारीसँग लड्नु परेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनःप्राथमिकीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गरिने उनले बताइन् ।

कोरोना भाइरसको महामारीका बीच आएको सरकारको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासमा बढी केन्द्रित देखिएको छ । कोभिड–१९ को महामारीका कारण विश्वभरी नै ठूलो संकट पैदा गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौजुदा स्वास्थ्य सेवा र सुविधा अपर्याप्त देखिएको बताइन् । राष्ट्रपति भण्डारीले वर्तमान सरकारले दुई वर्षको छोटो अवधिमै उत्साहवर्द्धक उपलब्धि हासिल गर्न सफल भएको बताइन् ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह