Logo

सेयर बजार

आईपीओ निष्काशन गर्दै अन्नपूर्ण माछा दाना उद्योग, बिक्री प्रबन्धकमा लक्ष्मी सनाराइज क्यापिटल


GDP नेपाल
   ३ माघ २०८२, शुक्रबार


काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

यसका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनाराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको तर्फबाट सीईओ यश पुरी र क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आइरहेको छ । 

उद्योगले देशभर फैलिएको सशक्त वितरण सञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउँदै आएको छ । 

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह