Logo

Banner-news

लकडाउनमा व्यापारीको ठगी भयावहः १२० पसल अनुगमन गर्दा ६४ वटाले ठगेको पाइयो !


GDP Nepal
   ७ जेष्ठ २०७७, बुधबार


काठमाडौं । लकडाउनको मौका छोप्दै व्यापारीहरुले चरम कालोबजारी गर्ने गरेको पाइएको छ । सरकारले अनुगमन गर्दा आधाभन्दा बढी व्यावसायिक फर्मले कालोबजारी गरेको पाइएको हो ।

वाणिज्य, आपूर्र्ति तथा उपभोक्ता हित संरक्षण विभागले लकडाउन अवधिमा कुल १२० फर्ममा अनुगमन गरेको थियो । यसक्रममा आधाभन्दा बढी अर्थात ६४ व्यावसायिक फर्मले ठगी गरेको पाइएको छ ।

यसरी उपभोक्ता ठगी गर्ने फर्मबाट विभागले ९१ लाख ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । कानुनअनुसार विभागले तत्कालै यस्ता फर्ममाथि ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्छ ।

फर्महरुमाथि कृत्रिम अभाव गराएर सामानमा बढी मूल्य लिएको, नापतौलमा कमी, खरिद बिल नभएको जस्ता शीर्षकमा कारबाही गरिएको छ ।

विभागका अनुसार कारबाही पर्नेमा अनलाइन, अस्पताल, औषधि पसल, खाद्य उद्योग, खाद्यान्न तथा किराना स्टोर, ग्यास, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पानी उद्योग, पेट्रोल पम्प, माछा पसल, मासु पसल, सर्जिकल पसल, र सुपर मार्केट रहेका छन् ।

विभागले १० महिनामा ५ सय ६८ फर्मलाई जरिवाना गरेको छ ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह