Logo

मुख्य समाचार

१७.५३ अंकले घट्यो नेप्से, साढे १४ अर्बको कारोबार


gdpnepal
   १६ माघ २०८२, बिहिबार


काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा बन्द भएको हो।

आज ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ५ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर र शिव श्री हाइड्रोपावरको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ । सो कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

 

प्रकाशित : १६ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह