काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १.५३ बढेर दुई हजार ६९५.७३ विन्दुमा पुगेको छ ।
विकास बैंक ४१, होटल तथा पर्यटन १३१, उत्पादन १३३, निर्जीवन बीमा २१ र व्यापार उपसमूह ०.८५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ १, फाइनान्स २२, हाइड्रोपावर ४, जीवन बीमा ४६, माइक्रोफाइनान्स ८ र अन्य उपसमूह ६ अंकले घटेको छ ।
आज एसावाई प्यानल, श्रीनगर एग्रीटेक र हिमस्टार उर्जा कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मिथिला लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३३० कम्पनीको एक करोड ७५ लाख कित्ता सेयर ८ अर्ब २२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया