काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २६.०५ अंकले घटेर दुई हजार ६७२.३९ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ७९, फाइनान्स ५८, होटल तथा पर्यटन १०४, हाइड्रोपावर १९, जीवन बीमा १२५, उत्पादन ११४, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा १५९ र अन्य उपसमूह ४६ अंकले घटेको छ । त्यस्तै आज व्यापार उपसमूह ९ अंकले बढेको छ ।
आज मायाखोला हाइड्रोपावरको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज खानीखोला हाइड्रोपावरको सेयर ९.९७ प्रतिशतले बढेको छ ।
यस दिन ३२४ कम्पनीको दुई करोड ६७ लाख कित्ता सेयर १० अर्ब ७७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया