भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। गोलाप्रथा मार्फत भएको बाँडफाँटमा ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेको थियो । जसमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको थियो भने ४० हजार २८ आवेदन रद्द भएको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले बताएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।










प्रतिक्रिया