Logo

बैंक / बिमा /शेयर

एनआईसी एसियाको ‘साथी घर कर्जा’ योजना सार्वजनिक


GDP नेपाल
   १ फाल्गुन २०८२, शुक्रबार


काठमाडौँ । एनआई सी एसिया बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै १० करोड रुपैयाँसम्मको ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना बजारमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको यस योजना अन्तर्गत ग्राहकले ७ वर्षका लागि ६।९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपभोग गर्न पाउनेछन् ।


घर वा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनः निर्माण गर्न र घडेरी खरिदका लागि यो कर्जा लक्षित रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म उपलब्ध हुने यस कर्जाको अवधि २५ वर्षसम्म रहनेछ।
पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशत र अन्यको हकमा ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकको नीति छ । सहज प्रक्रियाबाट प्रवाह गरिने यस कर्जाले आफ्नो घर बनाउने सपना देखिरहेका आम मानिसलाई ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ।


बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी राजेश रावलद्वारा जारी जानकारी अनुसार यो योजना रोज्ने ग्राहकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्डको सुविधा समेत प्राप्त गर्नेछन् ।
बैंकले आफ्ना देशभर रहेका विभिन्न शाखा सञ्जालमार्फत यो आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको हो।

प्रकाशित : १ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह