काठमाडौं । कोरोना रोकथामका लागि सरकारले ६ अर्ब बजेट विनियोजन गरेको छ ।
औषधि, स्वास्थ्योपचारका लागि यो रकम खर्च गरिनेछ । परीक्षणको दायरा बढाउने, क्वारेन्टाइनका लागि पनि यो खर्च गरिनेछ ।
स्वास्थ्यकर्मीका लागि ५ लाखको बिमा हुने छ ।
यस्तै, स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
४२ अस्पताल स्थापनाका लागि १४ अर्ब बजेट विनियाृजन गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।
प्रतिक्रिया