Logo

मुख्य समाचार

सेयर बजारमा गिरावट, ८ अंकले घट्यो नेप्से


GDP नेपाल
   ४ फाल्गुन २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ८.१६ अंकले घटेर दुई हजार ६६२.९१ विन्दुमा पुगेको छ ।



आज बैंकिङ ०.७६, विकास बैंक २६, हाइड्रोपावर ३६, जीवन बीमा ५८, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ५१, अन्य १ र व्यापार उपसमूह २५ अंकले घटेको छ ।
त्यस्तै फाइनान्स १३, होटल तथा पर्यटन ३१ र उत्पादन उपसमूह ४४ अंकले बढेको छ ।



आज खानीखोला हाइड्रोपावरको सेयर ९.३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बुद्धभूमी नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनीङ मील्स र सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ ।






यस दिन ३३५ कम्पनीको एक करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह