काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २०.७५ अंकले घटेर दुई हजार ६४२.१५ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ६, विकास बैंक ६७, फाइनान्स ५२, होटल तथा पर्यटन ८६, हाइड्रोपावर ५८, जीवन बीमा ९९, उत्पादन ६७, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ८२ र अन्य उपसमूह १३ अंकले बढेको छ । त्यस्तै, व्यापार उपसमूह भने ८ अंकले घटेको छ ।
आज सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सुपरमाई हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३५४ कम्पनीको दुई करोड ५ लाख कित्ता सेयर ८ अर्ब ३६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया