काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन क्षेत्रलाई कर तथा ब्याज छुट दिने भएको छ ।
यस्तै, सरकारी र संस्थानका कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन दिइने जनाइएको छ । पर्यटन पूर्वाधारमा जोड दिइएको छ ।
पर्यटन शिक्षामा पनि प्राथमिकता दिइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।
प्रतिक्रिया