काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको रुपैयाँको बजेट ल्याएको छ ।
सरकारको बजेटअनुसार साधारणतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ७१ करोड बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड. रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
जसअनुसार साधारण खर्चको प्रतिशत ६४.४ प्रतिशत, पुँजीगततर्फ २३.९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ११.७ प्रतिशत हिस्सा रहेको छ ।
स्रोत व्यवस्थापनतर्फ भने आन्तरिक राजस्वतर्फ ८ खर्ब ८९ अर्ब ६१ करोड, वैदेशिक सहयोग ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड र आन्तरिक ऋण २ खर्ब २५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
स्रोत व्यवस्थापनतर्फ भने
जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।
प्रतिक्रिया