काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १०.३० अंकले बढेर दुई हजार ६४८.९० विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३, विकास बैंक ११, होटल तथा पर्यटन ३४, हाइड्रोपावर १३, जीवन बीमा २२५, उत्पादन ७५, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा २१ र अन्य उपसमूह ८ बढेको छ । त्यस्तै, आज फाइनान्स ६ र व्यापार उपसमूह ३२ अंकले घटेको छ ।
आज सालपा विकास बैंक र रिलायन्स स्पिनीङ मिल्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज हिमालयन पावर पार्टनरको सेयर झण्डै ६ प्रतिशतले घटेको छ ।
यस दिन ३३३ कम्पनीको एक करोड चार लाख कित्ता सेयर ४ अर्ब ४५ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया