Logo

Banner-news

सरकार गृहकार्यबिना अघि बढ्दा मुलुक लथालिंग अवस्थामाः प्रा. डा. कुशुम शाक्य


GDP Nepal
   २५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । अर्थशास्त्री प्रा. डा. कुशुम शाक्यले कोरोना प्रकोप व्यवस्थापनमा संघीय सरकार असफल भएको बताएकी छन् । यो समस्यापछि अर्थतन्त्रमा देखिएको समस्या समाधानमा समेत सरकार गम्भीर हुन नसकेको उनको भनाइ छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आइतबार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा शाक्यले विदेशबाट आएका नेपालीप्रति जिम्मेवारी पूरा नगर्दा अहिले समस्या भयावह रहेको उनको भनाइ छ ।

कुशुम शाक्य

सरकार गृहकार्यबिना अघि बढ्दा लथालिंग अवस्था बनेको शाक्यले बताइन् । आफूहरुको सुझावलाई बेवास्ता गर्दै अघि बढेको र सो कारण समस्या बढेको, गरिबी थपिएको उनको भनाइ छ ।

जनताले राहत नपाएको गुनासो गर्दै उनले भनिन्– १० किलो चामलले के हुन्छ ? उनले यो समस्या भोलिका दिनमा थप गम्भीर हुने बताइन् । विश्वविद्यालय कहिलेसम्म नखोल्ने भन्ने प्रश्न गर्दै उनले अनलाइन कक्षा प्रचारवाजीमा सीमित रहेको बताइन् ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह