Logo

Banner-news

युवराज खतिवडाले तीनपटक बढाए सुनको भन्सार


GDP Nepal
   २६ जेष्ठ २०७७, सोमबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो अढाई वर्षे कार्यकालमा सुनको भन्सार तीनपटक बढाएका छन् । नेपालमा सुनको आयात रोक्दै विदेशी मुद्रा बचत गर्न खतिवडाले यस्तो उपाय अवलम्बन गरे पनि बजारमा भने चोरी निकासी बढेको छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६ जेठ १५ मा प्रति दशग्राममा ४ हजार २ सय रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ पु¥याएका थिए । २०७६ सालमै प्रतितोला १ हजार ५ सय रुपैयाँ बढाएर ६ हजार ५ सय पुगेको थियो । यस्तै, आगामी आर्थिक वर्षको बजेटमार्फत २ हजार बढेर प्रतिदशग्राम ८ हजार ५ सय पु¥याएका छन् ।

पछिल्लोपटक सरकारले बजेटमार्फत बढाएको भन्सार दरले सुनको मूल्यमा प्रतितोलामा २ हजार ३ सय ३३ रुपैयाँ बढ्न गएको व्यवसायीको भनाइ छ । यसैबीच, लकडाउनको ७६ दिनपछि आइतबार सुनचाँदीको मूल्य निर्धारण गरिएको छ । बजार खुला हुँदा सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँ बढेर ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

बजार बन्द हुँदा सुनको मूल्य प्रतितोला ७७ हजार थियो । बजेटमा भन्सार दर बढेको र अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले बजार खुल्दा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह