Logo

Banner-news

अर्थमन्त्रीको क्षमतामा मात्र प्रश्न थियो, अब त नियतमै शंका भयोः गगन थापा


GDP Nepal
   २८ जेष्ठ २०७७, बुधबार


काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले अर्थमन्त्री डा. युवराज खतिवडाको क्षमतासँगै नियतमा पनि प्रश्न उठेको छ ।

बुधबार अर्थ विधेयकका सम्बन्धमा संसदमा सांसद थापाले सामान्य अवस्थामा समेत अर्थमन्त्रीको क्षमता देखिसकेको उल्लेख गर्दै अबको संकटमा भने उनीप्रति अपेक्षा नै नरहेको धारणा राखे ।

विद्युतीय सवारीसाधनमा कर लगाउँदा सन् २०२७ सम्म काठमाडौं उपत्यकालाई विद्युतीय सवारीसाधनको सहर बनाउने योजना पछाडि धकेलिएको थापाले टिप्पणी गरे ।

थापाले पुस्तकमा कर लगाएको तथा कर किन तिर्ने भन्दै सडकमा निस्किएका युवालाई पानीको फोहरा हानेकोमा आपत्ति जनाए ।

यसअघि संसदले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह