Logo

Banner-news

संसदको अप्रत्यासित अन्त्यले एमसीसीसँगै नागरिकता, निजामति र सूचना प्रविधि विधेयक अलपत्र


GDP Nepal
   १९ असार २०७७, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादका कारण चालू संसद् अधिवेसन अप्रत्यासित रुपमा अन्त्य गरिदिँदा दूरगामी महत्व बोकेका कतिपय ऐन पारित हुन सकेका छैनन् ।

मन्त्रिपरिषदको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को अधिवेशन अन्त्य गरेकी छन् । जसका कारण राष्ट्रिय महत्वका केही विधेयक र सम्झौता अलपत्र परेका हुन् ।

अमेरिकी सहयोग कार्यक्रम एमसीसीसम्बन्धी सम्झौता अनुमोदन अघिल्लै संसदमा हुनुपर्ने भए पनि चालू संसदमा समेत पारित हुन सकेन । संसद् अधिवेसन अन्त्यले यसको लगभग च्याप्टर क्लोज भएको अनुमान गरिएको छ ।

एमसीसी कार्यान्वयनका लागि सरकारले थप समय माग्दै पत्राचार गरे पनि संसद् अधिवेसन अन्त्यले यो विषय थप पेचिलो बनेको छ र आगामी अधिवेसनमा पनि यो पारित हुने सम्भावना देखिँदैन । यसकारण एमसीसी फिर्ता जाने जोखिम बढेको सरकारी अधिकारीहरु नै स्वीकार्छन् ।

एमसीसीमात्र नभइ बिहीबार अन्त्य भएको अधिवेसनमा विवादास्पद बनेका नागरिकतासम्बन्धी विधेयक, संघीय निजामती सेवा विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक पनि टुंगोमा पुग्न सकेनन् । जसका कारण विवाद थाँती रहने र यसले भोलिका दिनमा पारित हुन झन् कठिन मानिएको छ ।
नागरिकता, निजामति तथा सूचना प्रविधि विधेयक लामो समयदेखि विचाराधीन रहेका छन् भने उत्तिकै महत्वपूर्ण पनि मानिएकाछन् । यी विधेयक अन्तिम चरणमा आएर अड्किनुले सरकार आगामी दिनमा गतिहीन बन्ने देखिन्छ ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह