Logo

Banner-news

संसद् सचिवालयमै अनियमितता, ५ करोडको खरिदलाई ५-५ लाखका टुक्रे प्याकेजमा


GDP Nepal
   १ श्रावण २०७७, बिहिबार


काठमाडौं । संघीय संसदले टुक्रे खरिदका नाउँमा करोडौं रकम अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सचिवालयले सार्वजनिक खरिद ऐन विपरीत ठूलो खरिदमा टेन्डर गर्नुपर्ने भएकाले ५ लाखका टुक्रे खरिद गरेको पाइएको हो ।

महालेखाका अनुुसार यो वर्ष फर्निचर फिक्चर्समा १ करोड ३ लाख ४० हजार, मेसिनरी औजारमा १ करोड ७९ लाख ५४ हजार र सार्वजनिक निर्माणमा २ करोड ९ लाख ३२ हजार रुपैयाँको खरिद सोझै नगरी ५ लाखभन्दा सानो टुक्रा प्याकेज बनाइ खरिद गरेको पाइएको छ ।

महालेखाले ५७ औं प्रतिवेदनमा भनेको छ– सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ (२) मा प्रतिस्पर्धालाई सीमित गर्नेगरी खरिद प्रक्रिया अगाडि बढाउनु हुँदैन भन्ने व्यवस्था रहेको एवं दफा ८५ (१ख)मा तोकिएको सीमाभन्दा बढी रकमको एउटै व्यक्ति फर्म, कम्पनी वा संस्थाबाट एकपटक भन्दा बढी सोझै खरिद गर्न नपाइने व्यवस्था रहेकोमा उल्लेखित व्यवस्थाको पालना भएको पाइँदैन ।

महालेखाका अनुसार विगतका वर्षहरुमा पनि संसद् सचिवालयलाई यस विषयमा सुधार गर्न निर्देशन दिइए पनि यस वर्ष समेत उसले निर्देशन पालना गरेको छैन ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह