Logo

Banner-news

हवाई उडान र लामो दूरीका बस सञ्चालन झनै अन्योलमा, लकडाउन भने नहुने !


GDP Nepal
   २३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । भदौ १ गतेबाट आन्तरिक तथा वाह्य उडान तथा लामो दूरीका बस सञ्चालन हुने भनिए पनि कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । पछिल्लो समय तीव्र गतिमा फैलिएको संक्रमणसँग मानवीय क्षति पनि उच्च दरमा भइरहेकाले हवाई उडान र सार्वजनिक यातायात सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयनमा अन्योल देखिएको हो ।

सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले नै बिहीबारको पत्रकार सम्मेलनमा भदौ १ बाट हवाई उडान सञ्चालन गर्न नसकिने संकेत गरे । उनले यो निर्णय कार्यान्वयन हुने स्थिति देखा नपरेको बताएका छन् ।

प्रवक्ता खतिवडाले भने- जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ ।

यद्यपि, सरकार लकडाउनको मनस्थितिमा नरहेको बताएर अर्थमन्त्री खतिवडाले यससम्बन्धमा सिर्जित अनेकौं आशंकाको अन्त्य गरेका छन् । देशव्यापी लकडाउन अहिले हटाइएको छ। जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताए।

आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने उनले बताए।

साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन लागु रहेको र आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय निकायहरूले नै त्यस्ता कदम चाल्नसक्ने उनले बताए।

पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताएका छन् ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह