Logo

Banner-news

कोरोना कहरमा नाफाखोर सक्रिय, महासंघले सम्झायो व्यावसायिक आचारसंहिता !


GDP Nepal
   २८ आश्विन २०७७, बुधबार


काठमाडौं । कोरोना संक्रमणका कारण औद्योगिक व्यावसायिक गतिविधिमा कमी आएसँगै बजारमा उपभोग्य वस्तुको मूल्य महँगिएको छ भने यस्तै मौका छोपेर कालोबजारीलगायतका गैरव्यावसायिक क्रियाकलापहरु पनि भइरहेका छन् ।

कतिपय व्यवसायीको यस्तो गतिविधिका कारण समग्र निजी क्षेत्रमै संकट उत्पन्न भएपछि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिता पालना गर्न सुझाएको छ । महासंघसँगै राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले पनि आचार संहिता पालनाका लागि स्मरण गराएको छ ।

महासंघले महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति आभार प्रकट गरेको छ । तर, गैरव्यावसायिक गतिविधिको निन्दा पनि गरेको छ ।

अहिलेकोे कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु¥याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कहिल्यै र कहिँ कतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुंदैन भन्दै महासंघले कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट नभएका स्मरण गराएको छ ।

यस्ताखाले गतिविधि कहीँकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुंदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सवैमा आग्रह गर्दै महासंघले आफ्ना सबै सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू मार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गरेको छ ।

यता चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउंदै सवै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघले नेपाल सरकारसंग जोडदार माग गरेको छ ।

 

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह