Logo

Banner-news

चीनसँगको व्यापारमा अवरोधै अवरोधः व्यवसायी भन्छन्– चीनले कुरै सुन्दैन


GDP Nepal
   २५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । नेपाल र चीनबीचको व्यापारमा विभिन्न अवरोध रहे पनि चिनियाँ पक्षले त्यसलाई सम्बोधन नगरेको व्यवसायीहरुले बताएका छन् । नेपाल चीन उद्योग वाणिज्य संघका अनुसार चीनसँगको व्यापारमा नाका अवरोध, शून्य भन्सार कार्यान्वयनसम्बन्धी झमेला, नेपाली क्वारेन्टाइन प्रमाणपत्रलाई मान्यता नदिनेलगायता समस्या छन् ।

चिनियाँ पक्षले नेपाली व्यवसायीको कुरा नसुनेको र सरकारको कुटनीतिक प्रभावकारितासमेत देखिन नसकेको व्यवसायीहरुको अनुभव छ । यद्यपि, चिनियाँ र नेपाली कुटनीतिक प्रतिनिधिसँग आफ्ना माग राख्न भने व्यवसायीले छाडेका छैनन् ।

यसैबीच, चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकालसँग संघका पदाधिकारीहरुले सोमबार भेटघाट गरी व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले तिव्वतका व्यापारीक संगठनहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एक्स्पो, सेमीनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढीरहेको बताए ।

अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाकामा पूर्ण रुपमा सुचारु हुन नसकेको यातायात सुचारु गर्न पहलका लागि अनुरोध गरे ।

दुई देश वीच व्यापार सहजीकरणका लागि सडक विस्तार गरिनु पर्ने, चीन सरकारद्वारा ८०३० नेपाली उत्पादनमा प्रदान गरिएको शुन्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलिकरणका लागि पनि उनले अनुरोध गरे ।

नेपालले चीन निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्विकार नगरीने, दुई देशको भन्सार कोर्डमा ८ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको गरिनु आदि प्रक्रियालाई एकरुपमा बनाई नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिनुपर्ने उनको भनाइ छ ।

नवनियुक्त महावाणिज्यदूत ढकालले आफुले दुई वीचको व्यापार प्रवद्र्धन तथा समस्याहरु समाधानका लागि प्रयास गर्ने बताए । संघद्वारा प्रदान गरिएका सल्लाह सुझाव अत्यन्त महत्वपूर्ण रहेको र दुई देश वीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन आदि प्रवद्र्धन तथा विभिन्न आर्थिक क्रियाकलापहरु मार्फत दुई देश बीचको विविध सम्बन्ध सुद्दृढ गर्ने उनको भनाइ छ ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह