Logo

Banner-news

ओलीद्वारा रोजगारी सिर्जना र कर तिर्नेको प्रशंशा, विदेशमा लगानी गर्नेविरुद्ध रोष !


GDP Nepal
   ११ मंसिर २०७७, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी सिर्जना गर्ने र कर तिर्ने व्यवसायी राज्यका निमित्त सम्मानित रहेको बताएका छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उदघाटनपछि आयोजित समारोहमा भने– राष्ट्रका लागि रोजगारीका अवसर सर्जना गरिरहेका, कर तिरिरहेका सबै उद्योगी व्यवसायी राज्यको नजरमा समान छन् ।

प्रधानमन्त्रीले सबै व्यवसायीलाई राज्यले संरक्षण गर्ने तर त्यसका लागि व्यापार व्यवसायलाई पारदर्शी बनाउनुपर्ने धारणा पनि राखे । राज्यले विभेदकारी नीति लिएर कोही पनि उद्योगी व्यवसायीलाई अफ्टेरोमा नपार्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वदेशी उद्योग सक्षम नभएकै कारण वैदेशिक लगानी आकर्षित गर्नुपरेको उल्लेख गर्दै नेपालमा कमाएर विदेशमा लगानी गर्नेप्रति भने रोष प्रकट गरे । उनले भने– नेपालमा लगानीका अवसर सकिएका छैनन्, आफ्नो पुँजी बाहिर लगानी गर्ने किसिमले व्यवसाय नगरी स्वदेशमै लगानी बढाउने किसिमले अघि बढ्नुहोस् ।

प्रधानमन्त्रीले उदारवादी अर्थचन्त्र अंगिकार नगरेको भन्ने आरोप र भ्रामक तथ्यको पछि नलाग्न पनि आग्रह गरे । दलाल पुँजीवाद र नवउदारवादको भ्रामक प्रचार भइरहेको भन्दै आपत्ति जनाए । उनले स्वदेशी उद्यमीबीच कुनै फरक व्यवहार नगरिने स्पष्ट पारेका छन् ।

कोभिडबाट उत्पन्न असहज परिस्थितीमा आर्थिक कृयाकलाप चलायमान बनाउन उद्योगी व्यवसायको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले भने– सरकार र निजी क्षेत्र बीचको संयुक्त प्रयासबाट मात्र अहिलेको समस्यासँग जुध्न सकिन्छ, यसका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग महासंघका विभिन्न संरचनामा रहेका संस्थाका बिचमा सहकार्य गर्दै अघि बढ्नु पर्छ ।

कार्यक्रममा महासंघ अध्यक्ष राणाले कोभिडका कारण अर्थतन्त्रमा चौतर्फी समस्या देखिएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीच सहकार्य गरेर संकट समाधानको बाटोमा अघि बढ्नुपर्ने बताइन् । उनले सरकारले बजेट तथा मौद्रिक नीतिमार्फत ल्याएका कार्यक्रम कार्यान्वयनमा पनि जोड दिइन् ।

बिहीबार सुरु भएको महासंघको ५४ औं वार्षिक साधारणसभा शनिबार हुने निर्वाचनसँगै समापन हुँदैछ । साधारणसभको उदघाटन प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो भने शुक्रबार बन्द शत्र हुँदैछ ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह