Logo

Banner-news

डीडीसीको निजीकरणको पक्षमा महासंघ, सरकारले व्यवसाय गर्ने होइन !


GDP Nepal
   १७ मंसिर २०७७, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले डेरी व्यवसाय गर्ने नभइ निजी उद्योगलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । दुग्ध विकास संस्थान (डीडीसी)लाई संरक्षण गरेर सरकारले यस क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा गर्न नसकेको महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

नेपाल डेरी एशोसिएसनले महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा वस्तुगत उपाध्यक्ष श्रेष्ठले भने– सरकारले सानो सोच राखेर डेरी व्यवसाय गरिरहेको छ, निश्चित व्यक्तिको स्वार्थलाई पृष्ठपोषण गर्न डीडीसी चलाउनुभन्दा यसलाई निजीकरण गरिनुपर्छ ।

कार्यक्रममा महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले खाद्यवस्तुमा समेत भ्याट लगाउने सरकारी नीतिको आलोचना गरे । खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न केन्द्रीय प्रयोगशाला जरुरी रहेको उनको भनाइ छ ।

डेरी एशोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले कोरोना महामारीका कारण डेरी उद्योगहरुमा नगद प्रवाहको समस्या रहेको बताए । भारत सरकारले अनुदान दिएका डेरी प्रडक्टहरु नेपाल भित्रिँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।

एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुग्ध उत्पादन वृद्धिका लागि तीनवटै तहका सरकारले किसानलाई अनुदान दिनुपर्ने उल्लेख गर्दै डेरीका नयाँ प्रडक्ट उत्पादनमा सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे । महासंघको कृषि उद्यम केन्द्रले एशोसिएसनसँग सहकार्य गर्नुपर्ने उनको माग छ ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह