Logo

Banner-news

६६ वर्षपछि आज सगरमाथाको नयाँ उचाई, भारतले गरेको थियो यसअघिको मापन !


GDP Nepal
   २३ मंसिर २०७७, मंगलबार


काठमाडौं । सरकारले ६६ वर्षपछि मंगलबार (आज) सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दैछ । नेपाल र चीनबीच सगरमाथाको नयाँ उचाइसम्बन्धी विषयमा सहमति भएपछि टेलिभिजनमा प्रत्यक्ष प्रशारणमार्फत दुवै देशले उचाइ सार्वजनिक गर्न लागेका हुन् ।

सगरमाथाको उचाइ ८८४८ मिटर रहेको तथ्य नेपालका पाठ्यपुस्तकमा उल्लेख भए पनि चीनले यसलाई मान्यता दिएको छैन । तर, नयाँ उचाइ मापन प्रक्रियामा समेत सहभागी चीन र नेपालबीच नयाँ उचाइका सन्दर्भमा भने समान धारणा देखिन्छ ।

सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले ६६ वर्षअघि अर्थात सन् १९५४ मा घोषणा गरेको हो । सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अंग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन् ।

यता, नेपाल सरकारले भने चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ’ऐतिहासिक साझेदारी’ भएको बताएको छ । चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ ।

दुई साताअघि मन्त्रिपरिषद्ले उचाइ अनुमोदन गरेको थियो भने मंगलबार यसको उचाइसँगै अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गरिनेछ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह