Logo

Banner-news

प्रधानमन्त्रीसँग महासंघको गुनासै गुनासा, ओलीले सोधेः मैले के गर्नुपर्‍यो ?


GDP Nepal
   २५ मंसिर २०७७, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको व्यावसायिक वातावरणमा सुधार आउन नसकेको गुनासो ग¥यो ।

महासंघ अध्यक्ष शेखर गोल्छा नेतृत्वको पदाधिकारी टोलीले आशा र उत्साहभन्दा बढी निराशाको कुरा गरेको थियो । व्यवसायीको निराशाजनक कुरा सुनेपछि प्रधानमन्त्री ओलीले ‘मैले के गर्नुप¥यो, तपाइँहरु नै भन्नुुस्’ भनेका थिए ।

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएको बताए भने केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको गुनसो गरे ।

यस्तै, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएको अध्यक्ष गोल्छाको भनाइ छ ।

बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रम रहेको पनि उनले बताए ।

महासंघ अध्यक्ष गोल्छाको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले भने– तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ ।

प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । उनंले स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।

महासंघको टोलीमा निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन थिए ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह