Logo

Banner-news

धनुषामा २ अर्ब लगानीमा एग्रो फार्मः ६ लाख कुखुरा पाल्ने, दैनिक ५ लाख अण्डा उत्पादन


GDP Nepal
   २८ मंसिर २०७७, आइतबार


काठमाडौं । मुलुकको कृषि क्षेत्रमा ठूलो लगानी हुन नसकिरहेका बेला प्रदेश २ को राजधानी धनुषामा अहिलेसम्मकै ठूलो कुखुरा फार्म खुल्ने भएको छ । करिब २ अर्ब लगानी रहने अनुमान गरिएको यो फार्ममा ६ लाख कुखुरा पालिने र यसबाट दैनिक ५ लाख अण्डा उत्पादनको लक्ष्य राखिएको छ ।

कूल ११ बिघा जमिनमा फैलिएको जनकपुर एग्रो फार्मबाट दुई सय जनाले प्रत्यक्ष रोजगारी पाउने यसका सञ्चालकहरूले बताएका छन् ।

जनकपुर एग्रो फार्म प्रा।लिले धनुषाधाम वडा नं ९ मा कुखुरा फार्म सञ्चालनमा ल्याउने भएको छ । प्रा।लिले शुक्रबार फार्मको शिलान्यास गरेको हो । कुल दुई अर्बको लगानीमा बन्न लागेको कुखुरा फार्ममा लेयर्स कुखुरा पालिने सञ्चालक मध्येका एक शोभाकान्त ढकालले जानकारी दिए ।

दैनिक ६ लाख क्षमताको अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिने फार्म नेपालकै अहिलेसम्मकै ठूलो लगानी रहको फार्म हुने ढकालले दावी गरे । फार्ममा आवश्यक संरचना निर्माण कार्य एक वर्षमा सम्पन्न गरिने र उत्पादन सुरु गरिने ढकालले बताए ।

फार्म पूर्णरुपमा सञ्चालनमा आउन भने डेढदेखि दुई वर्ष लाग्ने छ । ‘उच्चस्तरीय प्रविधिको प्रयोग गरेर पूर्ण स्वचालित प्रविधिबाट वातावरण अनुकुल बनाएर उत्पादन अण्डा उत्पादन हुनेछ ।

मुलुकमा अण्डाको अत्यधिक माग भए पनि मूल्य महँगो रहेकाले त्यो खाडल पूरा गर्न यो परियोजनाले सहयोग गर्ने बताइएको छ ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह