Logo

Banner-news

प्रधानमन्त्री ओलीलाई बंगलादेशले पनि पत्याएनः युरिया मल पैँचो दिएन, किन्नैपर्ने


GDP Nepal
   ३ पुस २०७७, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग युरिया मल पैँचो मागे पनि नेपालले बंगलादेशबाट मल किन्नैपर्ने भएको छ । साढे तीन महिनाअघि प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी शेख हसिनासँग मल पैँचो मागेका थिए ।

नेपाली किसानले धान बालीमा मल हाल्न नपाएपछि प्रधानमन्त्रीले पैँचो मागेका थिए । बंगलादेश सकारात्मक रहेको प्रचार गरिए पनि किसानले बिना मल धान उत्पादन गरी भित्र्याइसकेका छन् । भारतसँगको सीमावर्ती क्षेत्रबाट तस्करी गरी भित्र्याइएका मललाई किसानले बढी मूल्य तिरेर खेतमा हालेका थिए ।

प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच साढे तीन महिनाअघि मल पैँचो दिने विषयमा टेलिफोन वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले ५० हजार टन मल मागे पनि बंगलादेशले मल उपलब्ध गराएन ।

नेपालमा युरिया मलको आवश्यकता रहने मुख्य सिजनमा अभाव भए पनि अफसिजनका लागि मल आपूर्तिको सम्झौता भएको छ । बिहीबार दुई देशबीच नेपालका लागि बाङ्ग्लादेश सरकारले आपूर्ति गराउन एउटा आधिकारिक सम्झौता भएको हो।

नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बाङ्ग्लादेशका तर्फबाट बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच सम्झौता भएको छ । बंगलादेशबाट ल्याइने युरिया मल ढुवानीसहित प्रतिटन ३४१. ४४ डलर पर्ने भएको छ ।

तर, यो ढुवानी मूल्य बोर्डरसम्मको मात्रै हो । मुलुकभित्रै ढुवानीको लागत महँगो भएकाले किसानलाई पहिलेभन्दा बढी पर्ने जानकारहरु बताउँछन् ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह