Logo

Banner-news

संसद विघटनको परिणाम गम्भीर हुने महासंघ, चेम्बर र परिसंघको चेतावनी


GDP Nepal
   ८ पुस २०७७, बुधबार


काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयले मुलुकमा गम्भीर संकट ल्याउने प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको संयुक्त अपिल जारी गर्दै संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष आग्रह गरेका छन् ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि वारम्वार सुझाव दिँदै आएको वास्तविकता हामी सबैका सामुन्ने जगजाहेर रहेको उल्लेख छ ।

“राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुंदैन,” विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ ।”

राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको निजी क्षेत्रको ठहर छ ।

भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा चिन्ता जनाइएको छ ।
“नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा आजको यस बिषम परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह