Logo

Banner-news

कृषिप्रधान देशमा पाँच महिनामै ३३ अर्बको खाद्यान्न आयात, चामलमात्रै १८ अर्बको


GDP Nepal
   ९ पुस २०७७, बिहिबार


काठमाडौं । नेपाल कृषिप्रधान देश भए पनि कृषिजन्य उत्पादनको आयात भने बर्सेनि बढ्दै गएको छ । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा सबैभन्दा बढी चामल आयात भइरहेको छ भने यससँगै गहुँ, मकै, जौ लगायतका खाद्यान्नको आयात पनि उस्तै छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिना अर्थात साउनदेखि मंसिर मसान्तसम्म कूल ३३ अर्ब ३ करोड ९३ लाख ५४ हजार रुपैयाँको खाद्यान्न आयात भइसकेको छ ।

३३ अर्बको आयातमध्ये चामलमात्र १८ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । पछिल्लो एक महिनामा पाँच अर्ब रुपैयाँ बढीको आयात भएको छ ।

नेपालले अधिकांश चामल भारतबाटै आयात गर्दछ । दुई छाक भात खाने बानीका कारण चामल खपत बढी हुने गरेको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

तर, उत्पादकत्व बढाउनेभन्दा खानेबानीमा टिप्पणी गरेर कमजोरी ढाकछोप गर्ने गरेको भन्दै सरकारी अधिकारीहरुको आलोचनासमेत हुने गरेको छ । सरकारले खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि उपलब्धिमूलक हुन सकेको छैन ।

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह