Logo

Banner-news

पूर्वमाओवादीबाट तानेका सबै ओलीका मन्त्री, प्रदेशसभामा हारेका पनि संघीय मन्त्रिपरिषदमा !


GDP Nepal
   ११ पुस २०७७, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दै पूर्व माओवादीबाट आफ्नो समूहमा आउन सफल सबैजसोलाई मन्त्री पद उपहारमा दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छाडेर ओलीको पक्षमा लागेका रामबहादुर थापा (बादल) र लेखराज भट्टको मन्त्रालय यथावत राख्दै ओलीले नेकपा ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री बनाएका छन् ।

बादल हाल गृहमन्त्री छन् भने उनलाई उपप्रधानमन्त्री बनाइने भनिए पनि शुक्रबार निर्णय गरिएन । भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

नयाँ मन्त्रीमा नियुक्त भएका रायमाझीले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । अहिलेसम्म सांसदसमेत नभएका थापाले खानेपानी मन्त्री र विवादास्पद पृष्ठभूमिका साहले सहरी विकास मन्त्रालय पाएका छन् । चौधरीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ । ऊर्जा, श्रम र खानेपानी मन्त्रालयमा यसअघि पनि पूर्वमाओवादीकै तर्फबाट मन्त्री थिए ।

यसबाहेक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेशसिंह ठगुन्ना तथा वन तथा वातावरणमन्त्रीमा प्रेमबहादुर आले नियुक्त भएका छन् । उनीहरु पूर्वएमाले समूहका हुन् ।

ओली मन्त्रिपरिषदमा समेटिएका दावा लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका थिए । उनले युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी पाएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा रहेका बेला मन्त्रिपरिषद विस्तार गरिएको हो ।

प्रकाशित : ११ पुस २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह