Logo

Banner-news

एनआरएनले ५ लाख डलरसम्म ल्याउँदा स्रोत नखोज्ने व्यवस्था गरियोस् !


GDP Nepal
   २१ पुस २०७७, मंगलबार


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गैरआवासीय नेपाली (एनआरएन)ले नेपालमा ल्याउने रकमको स्रोत खोज्ने व्यवस्था खारेजीको माग गरेको छ ।

सिबिफिनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्दै एनआरएनले ५ लाख डलरसम्म ल्याउँदा स्रोत नखोज्ने व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

सिबिफिन अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले समग्र आर्थिक गतिविधि बढाउन र पुँजी बजारलाई चलायमान बनाउनको लागि एनआरएनहरुसँग भएको ठूलो धनराशी भित्र्याउनका लागि सरकारले सहजीकरण गर्नुपर्ने माग गरेको हो ।

एनआरएनलाई सहुलियत प्रदान गरी नेपाल भित्र्याउने वातावरणको सिर्जना गर्नुपर्ने सिबिफिनको माग छ ।

“५ लाख डलरसम्म एनआरएनले (स्रोत नखुलेपनि) बैंकिङ च्यानलमार्फत नेपाल ल्याउन चाह्यो भने नेपाल राष्ट्र बैंकले लगानी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिनुपर्दछ,” सिबिफिनले अर्थमन्त्रीलाई बुझाएको मागमा भनिएको छ ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह