Logo

Banner-news

पिपुल्स हाइड्रोको साढे ८२ करोडको सेयर आउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


GDP Nepal
   ७ माघ २०७७, बुधबार


काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८२ करोड ५० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ ।

लमजुङ जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाट निर्माण गरीरहेको कम्पनीले ८२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

आयोजनाको सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

कम्पनी लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी २ अर्ब ७५ करोड रहेको छ ।

निष्कासन हुने शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा जारी हुनेछ ।
सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फ बाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह