Logo

Banner-news

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड शुक्रबार, ४० हजारको आवेदन रद्द


GDP Nepal
   ८ माघ २०७७, बिहिबार


काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड शुक्रबार हुने भएको छ । कम्पनीका अनुसार आवेदकमध्ये ४० हजारको आवेदन भने रद्द भएको छ ।

चन्द्रागिरीको आइपीओमा माग भन्दा १७.५३ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको थियो ।

चन्द्रागिरीको कूल १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन भएको थियो भने जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न गरिएको हो ।

कम्पनीको शेयर कम्तीमा १० कित्ता प्रतिव्यक्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउने अनुमानगरिएको छ । आईपीओ जारी भएसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह