Logo

Banner-news

१ लाख ४० हजारले पाए चन्द्रागिरीको आईपीओ, १२ लाख ११ हजार रित्तै !


GDP Nepal
   ९ माघ २०७७, शुक्रबार


काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँटमा १ लाख ४० हजारले पाएका छन् भने १२ लाख ११ हजार रित्तै भएका छन् । हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनाले जनही १० कित्ताका दरले सेयर पाएका छन् भने दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन्।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका थिए ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह