Logo

Banner-news

निर्यात सहजीकरणका लागि राजदूत खतिवडासमक्ष इकोनको आग्रह


GDP Nepal
   १५ माघ २०७७, बिहिबार


काठमाडौं । नेपाल निर्यात परिषद (इकोन) ले निकासी व्यापारमा सहजीकरणका लागि अमेरिकाका लागि नवनियुक्त राजदूत डा. युवराज खतिवडासमक्ष आग्रह गरेको छ ।

नेपालबाट अमेरिकामा निकासीका सम्भावना उच्च रहे पनि नीतिगत सहजीकरणको अभावका कारण हाल न्यूनमात्रामा निकासी हुँदै आएको छ । नेपाली अर्थतन्त्रका सुक्ष्म जानकार पूर्व अर्थमन्त्री खतिवडाको कार्यकाल निकासी क्षेत्रका लागि स्वर्णिम अवसर हुनसक्ने इकोन अध्यक्ष हरिबहादुर कार्कीले बताए ।

कार्कीले अमेरिकाले नेपाललाई निकासीमा दिएका सुविधाको अधिकतम उपयोग तथा थप वस्तु निकासीका लागि अमेरिकास्थित नेपाली राजदूत खतिवडाबाट पहल हुने विश्वास गरिएको कार्यक्रममा बताए ।

कार्यक्रममा नवनियुक्त राजदूत खतिवडाले अमेरिका नेपाली उत्पादक तथा निकासीकर्ताका लागि राम्रो बजार भएको भन्दै अमेरिकाले दिएका सुविधा उपयोगमा जोड दिए । उनले अमेरिकी बजारको आवश्यकताअनुसार उत्पादन बढाउन पनि व्यवसायीलाई सुझाव दिए ।

२०७२ फागुनमा अमेरिकाले नेपाललाई विशेष व्यापार ग्राह्यता दिने कानुन ल्याएर ६६ वस्तुलाई भन्साररहित सुविधा दिएको थियो । त्यसको एक वर्षपछि अमेरिकाले थप ११ नेपाली वस्तुलाई भन्साररहित सुविधा दियो ।

तर, विशेष ग्राह्यता सुविधा पाएको पाँच वर्ष पुग्नै लाग्दासमेत नेपालले अमेरिकाले दिएको सुविधाअनुसार निर्यात बढाउन सकेको छैन ।

पाँच वर्षअघि ६१ करोड रुपैयाँ नाफामा रहेको अमेरिकासँगको व्यापार गत आवमा आइपुग्दा १४ अर्ब १० करोड रुपैयाँ नोक्सानमा पुगेको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह