Logo

Banner-news

बैंकर्स संघले काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्ने


GDP Nepal
   १६ माघ २०७७, शुक्रबार


काठमाडौं । नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरण गर्न सहमत भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्ष संघवीचको छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका वाहिरवाट सुन वितरण नगरिँदा ब्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथासिघ्र उपत्यका वाहिरका तोकिएका स्थानहरुवाट समेत सुन वितरणको ब्यवस्था मिलाउन आग्रह गरे ।

बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल लगायत संघका पदाधिकारीहरुले ब्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको ब्यवस्था मिलाउने बिषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपि सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कराण उपत्यका वाहिरका ब्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ ।

छलफलका क्रममा ब्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुवाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ आफ्नो जिम्मेवारी पुरागर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले बताए ।

राष्ट्र बैंकले तोकेको ब्यवस्था अनुसार बैंकर्ष संघको सिफासिरमा बैंकहरुले विदेशवाट कच्चा सुनको आयातगरी महासंघको सिफासिरमा ब्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको छ ।

मोफसलका जिल्लहरुवाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरु पिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धिगरी पर्याप्त मात्रामा आपूर्ति ब्यवसथ मिलाउन दुवै पक्षले पहल गर्ने लगषयतका बिषयमा छलफल भएको थियो ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह