Logo

Banner-news

एसियाकै भाते नेपालीः प्रत्येक नेपालीले बर्सेनि खान्छन् १३८ किलो चामल !


GDP Nepal
   २४ माघ २०७७, शनिबार


काठमाडौं । नेपालमा बिहान बेलुका नै भात खाने प्रचलन छ । छिमेकी मुलुक भारतसँग मिल्दोजुल्दो संस्कृति रहे पनि भारतीयले रोटी खाँदा नेपालीले भने भात नै खान्छन् ।

नेपालीको खानेबानीका विषयमा विभिन्न चर्चा परिचर्चा र आलोचना भइरहे पनि खानेबानीमा परिवर्तन आएको छैन । दुवै छाक भात खानु स्वास्थ्यका दृष्टिले राम्रो मान्न नसकिए पनि अन्य पौष्टिक पदार्थको अपर्याप्तताले नेपालीले भात खाने गरेको पाइन्छ ।

इन्टरनेसनल राइस रिसर्च इन्स्टिट्यूट (एईआरआरई) का अनुसार एक नेपालीले वर्षेनि झन्डै १३८ किलो चामल खपत गर्छन् ।

एआरआईका अनुसार हामी एशियामै धेरै चामल खपत गर्ने देशमा पर्छौँ ।

त्यसो त नेपालमा पहिले मकै, कोदो र फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको खपत घट्दो र चामलको खपत बढ्दो क्रममा छ । यसै कारण नेपालमा चामल आयात बढिरहेको छ ।

भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड केजी र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ।

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ । जीडीपीमा धानको उच्च योगदान रहे पनि नेपालीलाई पुग्नेगरी धान उत्पादन हुँदैन ।

कृषि विभागका अनुसार यो वर्ष ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको छ ।

प्रकाशित : २४ माघ २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह